News
थ्रीस्टारसँग पुलिस स्तब्ध, एपिएफ र जावलाखेलको बराबरी
काठमाडौं । ललित स्मृति यु–१८ फुटबल प्रतियोगिता अन्तर्गत थ्रीस्टार फुटबल क्लबले लिगलिडर नेपाल पुलिस क्लबलाई हराउँदै अर्को विभागीय टोली एपिएफ फुटबल क्लब र जावलाखेल युथ क्लबले बराबरी खेलेका छन् ।
एन्फा कम्प्लेक्समा भएको खेलमा थ्रीस्टारले पुलिसलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो । यो जितपछि १२ खेलबाट २२ अंक जोडेको थ्रीस्टार तेस्रो स्थानमा यथावत भने पराजित पुलिस पनि २६ अंकका साथ शिर्ष स्थानमा कायम छ ।
अर्को खेलमा एपिएफ र जावलाखेलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । यो नतिजापछि १२ खेलबाट समान १८–१८ अंक जोडेका जावलाखेल र एपिएफ लिगतालिकाको क्रमशः सातौं र आठौं स्थानमा छन् ।
Post Comments
Related News
- मध्यपुर थिमिमा तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता हुँदै
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- नेपाल फुटबल स्कुललाई उपाधि