News
तेस्रो समपुर्ण कपः न्यु सिर्जना क्वाटरफाइनलमा
सुपौली । न्यु सिर्जना युवा क्लब, करौजिया यहाँ जारी स्व. बस बहादुर शेरपुन्जा पुन तथा दिल कुमारी शेरपुन्जा पुन स्मृती तेस्रो समपुर्ण कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको चौथो प्रीक्वाटरफाइनलतर्फ न्यु सिर्जनाले फुलबारी गाईज, बुटवललाई शुन्यका विरुद्ध ३ गोलले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।
सोमबार भएको चौथो प्रीक्वाटरफाइनलतर्फ न्यु सिर्जनाले फुलबारी गाईज, बुटवललाई शुन्यका विरुद्ध ३ गोलले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।
प्रतियोगिता अन्तर्गत मंसिर ११ गते मंगलबारको खेल रेसुङा युवा क्लब, दुर्गानगर र गौतम सामुदायिक विकास केन्द्र, कञ्चन-५ बीच हुने खेल संयोजक अशोक पुनले जानकारी दिए ।
समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । फाइनल खेल यही मंसिर २२ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने