आज भएको रोमाञ्चक फाइनल खेलमा हाम्रो राजारानी भेट्रान फुटबल क्लब ले इलाम एफ.सी. यु.के. भेट्रान लण्डन लाई १-२ गोलले हराउँदै दोस्रो स्व. ज्ञान ब. र बुद्धिमाया लिम्बु स्मृति राजारानी भेट्रान फुटबल प्रतियोगिता २०८१ को च्याम्पियन बन्न सफल भयो।
फाइनल खेलको नतिजा:
हाम्रो राजारानी भेट्रान - २ गोल
- लोक चेम्जोड्ग (७ मिनेट)
- कृष्ण शाक्य (१८ मिनेट, दोस्रो हाफ)
इलाम एफ.सी. यु.के. भेट्रान लण्डन - १ गोल
- नरेन्द्र मणी लिम्बु (८ मिनेट, दोस्रो हाफ)
प्रतियोगितामा हाम्रो राजारानी भेट्रान को उत्कृष्ट प्रदर्शनले तिनीहरूको विजयी यात्रा सुनिश्चित गर्यो।
पुरस्कार र सम्मान:
प्रथम पुरस्कार - १,२४०२४ लाख ट्रफि
दोस्रो पुरस्कार - ६४,०२४ ट्रफि
विशेष पुरस्कारहरू:
म्यान अफ द म्याच
- नाम: कृष्ण शाक्य
- नगद: ५,०००।- ट्रफि
बेष्ट गोलकिपर
- नाम: योगेन लिम्बु (राजारानी भेट्रान)
- नगद: ५,०००।- ट्रफि
बेष्ट डिफेन्स
- नाम: मित्र बस्नेत (राजारानी भेट्रान)
- नगद: ५,०००।- ट्रफि
बेष्ट मिडफिल्डर
- नाम: नरेन्द्र मणी लिम्बु (इलाम एफ.सी. यु.के. भेट्रान लण्डन)
- नगद: ५,०००।- ट्रफि
बेष्ट कोच
- नाम: सबिन अधिकारी (राजारानी भेट्रान)
- नगद: ५,०००।- ट्रफि
हाइ स्कोर
- नाम: बुद्ध चेम्जोड्ग (राजारानी भेट्रान, ४ गोल)
- नगद: ५,०००।- ट्रफि
सर्वश्रेष्ठ खेलाडी
- नाम: बुद्ध चेम्जोड्ग (राजारानी भेट्रान)
- नगद: १०,०००।- ट्रफि
मुख्य अतिथिहरू:
कार्यक्रममा प्रमुख अतिथि सम्माननीय सांसद श्री राजेन्द्र कुमार राई, पूर्व खानेपानी मन्त्री, उपस्थिति जनाउँदै प्रतियोगिता सम्पन्न गरेका थिए।
यो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता धनकुटा क्षेत्रका लागि एउटा ऐतिहासिक अवसर बनिरहेको छ र फुटबलको स्तरलाई नयाँ उचाइमा पुर्याउने उद्देश्य राख्दै सफलतापूर्वक सम्पन्न भएको छ।
- दोस्रो स्व.ज्ञान ब. तथा बुद्धिमाया लिम्बु स्मृति भेट्रान फुटबल प्रतियोगिता: हाम्रो राजारानी भेट्रान र इलाम एफ.सी. यु.के. फाइनलमा
- इलाम एफसी युके भेट्रान र बरमेक नामफिङ्ग सिक्किम सेमिफाइनलमा
- हाम्रो इटहरी र हाम्रो राजारानी भेट्रानको विजयी शुरुवात
- राराका राम बने सर्वोत्कृष्ट खेलाडी
- सलहेशलाई ११औं गोर्खा रारा गोल्डकपको उपाधि