तेह्रथुमको आठराई स्थित छातेढुंगामा आयोजित दीपावली मेला अन्तर्गत खुल्ला पुरूष फुटबल प्रतियोगितामा शुक्रबार पहिलो चरणका ६ खेल सम्पन्न भएका छन।
पोखरी मा.वि.को खेल मैदानमा बिहीबार सम्पन्न पहिलो खेलमा अवा यावनले तेह्रथुम बहुमुखी क्यामपस चुहानडॉडालाइ ३-० ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ । दोस्रो खेलमा तेह्रथुम बहुप्राविधिक शिक्षालयलाई पेनाल्टि सुटआउटमा चारका विरूद्ध पॉट गोल गर्दै लुङछाता एफसी अर्को चरणमा पुगेको छ । त्यसैगरी तेस्रो र चौथो खेलबाट आठराई गाउँपालिका इवा र नागेश्वरी होडा विजयी हुदै दोस्रो चरणमा प्रवेश गरेका छन । इवाले थोक्लुङलाई र नागेश्वरीले याङनाम पॉचथरलाई पराजित गरेका हुन ।
पॉचौ खेलमा संघर्ष स्पोटिङ क्लब ताप्लेजुङ निर्धारित समयमा उपस्थित नभएपछि वाक ओभर मार्फत खाम्लालुङ वडा नम्बर २ को कार्यालय दोस्रो चरणमा पुगेको छ । शुक्रबार सम्पन्न अन्तिम खेलमा डिफेन्डिङ च्याम्पियन श्रीजङ राय पापो समाजले कृष्ण मा.वि. डॉडागाउँलाई दुई शुन्यले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको हो । शनिबार देखि प्रि क्वाटर फाइनलका खेल हुने बताइएको छ।
शनिबार हुने पहिलो खेलमा आठराई गाउँपालिका ३ ह्वाकू र तेह्रथुम जामुखाडी झापा बिच बिहानको ७ बजे खेल हुने बताइएको छ । एक्काइस टीम सहभागी रहेको खुल्ला पुरूष फुटबल प्रतियोगिताको विजेताले १ लाख ५० हजार सहित ३ वर्षे रनिङ ट्रफि,उपविजेताले एक लाख सहित ट्रफि प्राप्त गर्नेछ । मेलामा खुल्ला पुरुष फुटबल प्रतियोगिता,खुल्ला महिला फुटबल प्रतियोगिता, गाउँपालिका स्तरीय पुरूष भलिबल तथा खुल्ला महिला भलिबल प्रतियोगिता,व्याडमिन्टन र चेस लगायत सॉस्कृतिक कार्यक्रम पनि सन्चालन हुने छन ।
त्यस्तै चार टीम रहेको खुल्ला महिला तर्फको विजेताले ८० हजार सहित तीन वर्षे रनिङ ट्रफि तथा उपविजेताले ५० हजार सहित ट्रफि प्राप्त गर्ने मेला व्यवस्थापन समिति अध्यक्ष विष्णु प्रसाद ओलीले जानकारी दिनुभयो ।
- योङ ब्वाईज झापालाई पॉचौ श्रीजंग राय स्मृति फुटबल प्रतियोगिताको उपाधि
- पॉचौ श्रीजंग राय स्मृति फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक ए र योङ ब्वाईज झापा भिड्ने
- पॉचौ श्रीजंग राय स्मृति फुटबल प्रतियोगिताको सेमिफाईनल समिकरण पूरा
- खोला बजार माघेनी मेला फुटबल प्रतियोगिताको सेमिफाइनल पुग्ने चारै टोलीहरुको टुंगो लाग्यो
- पॉचौ श्रीजंग राय स्मृति फुटबल प्रतियोगिता: आयोजक टोली सेमीफाइनलमा प्रबेश