News
चौथो हिरा डाँगी स्मृति कपको खेलतालिका सार्वजनिक
तुलसीपुर । हिरा डाँगी फाउण्डेशन, तुलसीपुर उपमहानगरपालिका–५, दाङको आयोजनामा मंसिर २ गतेदेखि शुरु हुन गईरहेको चौथो हिरा डाँगी स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।
तुलसीपुर, दाङ स्थित अरनिको खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा राईजिङ स्टार युवा क्लब, घोराही, दाङ र स्काई क्लब, सुर्खेत भिड्ने खेलतालिकामा उल्लेख छ । नेपाल र भारतका गरी कुल ८ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल मंसिर ८ गतेका दिन हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२०० रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१०० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो ।
Post Comments