
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार फरवार्ड साबित्रा भण्डारी आइतबार मध्यरातमा नेपाल आइपुग्ने भएकी छिन् । हाल फ्रान्सको शिर्ष महिला लिगमा गुइनग्याम्पका लागि व्यवसायीक फुटबल खेलिरहेकी साबित्रा आइतबार राती १ बजे नेपाल आइपुग्ने बताइएको छ ।
साबित्रा हाल घरमै जारी साफ महिला च्याम्पियनसिपका लागि नेपाल फर्किन लागेकी हुन । फ्रान्स व्यस्त लिग फुटबलका लागि साबित्राले साफ महिला च्याम्पियनसिपको समूह चरणतर्फ पहिलो खेलमा भुटान विरुद्धको खेल गुमाएकी थिईन् । सो खेलमा नेपालले भुटानसँग गोलरहित बराबरीमा रोकिन पुगेको थियो ।
नेपालले साफ महिला च्याम्पियनसिपतर्फ सोमबार आफ्नो दोस्रो खेलमा माल्दिभ्सको सामना गर्दैछ । नेपालका लागि यो खेल निकै महत्वपूर्ण पनि हुनेछ । यद्यपि यो खेलमा साबित्रा मैदानमा उत्रिने, नउत्रिनेबारे स्पष्ट भईसकेको छैन । स्मरण रहोस, समूह बी तर्फ माल्दिभ्सले पहिलो खेलमा श्रीलंकासँग हार बेहोरेको थियो । त्यस्तै सोमबार नै श्रीलंका र भुटान पनि भिड्दै छन् ।
Pic: ANFA
- सूर्यविनायकमा ५० हजार क्षमता भएको रंगशाला निर्माण हुने : प्रधानमन्त्री ओली
- प्रधानमन्त्रीद्वारा आज नेसनल हाई परफमेन्स सेन्टरको उद्घाटन हुँदै
- साबित्रासहित १० खेलाडीलाई इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसको सम्मान
- साफ यू-१७ महिला च्याम्पियनसिप २०२५ को खेलतालिका सार्वजनिक, नेपाल पहिलो खेलमा भारतसँग भिड्ने
- प्रशिक्षक प्याट्रिक डि वाइल्ड नेपाल फर्कने वा नफर्कने भन्ने विषयमा गम्भीर शंका