काठमाडौं । फिफा विश्वकपको तेस्रो चरणको एसियाली छ्नौटतर्फ अधिकांश बलिया टोलीहरुले जित हात पारेका छन ।
समूह ए तर्फ अपराजित रहेका दुई टोली उज्वेकिस्तान र इरानले गोलरहित बराबरी खेले । सोही समुहको अर्को खेलमा कतारले किर्गिस्तान माथी ३-१ को जित निकाल्दा युएई र उत्तर कोरियाले १-१ को बराबरी खेले ।
समूह ए मा तीन खेलहरुको समाप्ती पश्चात् ७-७ अंक जोडेका उज्वेकिस्तान र इरान क्रमशः पहिलो र दोस्रो स्थानमा छन । ४-४ अंक जोडेका युएई र कतार क्रमशः तेस्रो र चौथो स्थानमा छन भने २ अंक जोडेको उत्तर कोरिया पाँचौं स्थान र अंकविहीन किर्गिस्तान पुछारमा छ ।
त्यस्तै समूह बी तर्फ दक्षिण कोरियाले जोर्डनलाई २-० ले हरायो भने ओमानले कुवेतमाथी ४-० को एकतर्फी जित निकाल्यो । अर्को खेलमा इराकले प्यालेस्टाइनलाई १-० ले निराश तुल्यायो ।
यो नतिजापछी समान ७-७ अंक जोडेका दक्षिण कोरिया र इराक क्रमशः पहिलो र दोस्रो स्थानमा छन । ४ अंक जोडेको जोर्डन तेस्रो स्थानमा रहँदा ३ अंकका साथ ओमान चौथो स्थानमा छ । २ अंक जोडेको कुवेत पाँचौ स्थानमा रहँदा १ अंकका साथ प्यालेस्टाइन समुहको पुछारमा छ ।
त्यसैगरी समूह सी तर्फ अष्ट्रेलियाले चीनलाई ३-१ ले हराउँदा बहराईन र इन्डोनेशियाले २-२ गोलको बराबरी खेले । अर्को हेभिवेट भिडन्तमा जापानले साउदी अरेबिया माथी २-० को जित निकाल्यो ।
यो नतिजापछी ३ खेलबाट शतप्रतिशत जितका साथ जापान शिर्ष स्थानमा छ । समान ४-४ अंक जोडेका अष्ट्रेलिया, साउदी अरेबिया र बहराईन क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन । ३ अंकका साथ इन्डोनेशिया पाँचौं स्थानमा रहँदा अंकविहीन चीन समुहको पुछारमा छ ।