News
शनिश्चरे एफसी सेमिफाइनलमा
शनिश्चरे । झापाको अर्जुनधारा १ सिस्नेस्थित सहिद टेकमान रंगशालामा जारी फुटबल प्रतियोगितामा उपाधिको दाबेदार टोली शनिश्चरे एफसी सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको तेस्रो कवाटरफाइनल खेलमा बाहुनडाँगीको डिएफसीलाई २-० गोलले पराजित गर्दै शनिश्चरेले अन्तिम चारमा स्थान बनाउने तेस्रो टोली बनेको हो । उसका लागि दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।
दोस्रो हाफमा परिवर्तित खेलाडी निमा तामाङले टोलीका लागि पहिलो गोल गर्दै शनिश्चरेलाई अग्रता दिलाएका थिए । दास्रो हाफमै देवेन्द्र तामाङको हेडरमार्फत शनिश्चरेले अग्रता दोब्बर बनाएको हो ।
खेलको प्लेयर अफ दी म्याच सौगात गोम्देन बने । उनले नगद १ हजार ५ सय प्राप्त गरे । डासाब युवा क्लबले आयोजना गरेको प्रतियोगितामा शनिबार अन्तिम क्वाटरफाइनल आयोजक र इलामको न्यू भिजन युथ क्लबबीच खेल हुने संयोजक बेनुकुमार राईले जानकारी दिए । २३ गते हुने फाइनल खेलको विजेताले नगद ५० हजार र आकर्षक ट्रफी पाउने छ ।
Post Comments