News
साफ यु–१७ च्याम्पियनसिपको फाइनलमा नेपालका सहायक फिफा रेफ्री हरिष
काठमाडौं । भुटानमा सोमबार सम्पन्न साफ यु–१७ च्याम्पियनसिपतर्फ भलै नेपाल सेमिफाइनलबाटै बाहिरिए तापनि प्रतियोगिताको फाइनलमा नेपालको उपस्थिति भने कायम रहेको थियो ।
भारत र बंगलादेश बीचको उपाधि भिडन्तमा नेपालले खेलाडीका रुपमा नभई निर्णायकका रुपमा फाइनल खेलाइरहेको थियो । अर्थात् भारत र बंगलादेश बीच भएको उक्त खेलमा नेपालका फिफा रेफ्री हरिष कार्की सहायक रेफ्रीमा थिए ।
त्यासो खेलको मुख्य रेफ्रीमा श्रीलंकाका सशंन्का मधुसन्का थिए भने अर्को सहायक रेफ्रीमा माल्दिभ्सका अब्दुला शाथिर थिए । त्यस्तै फोर्थ अफिसियलमा पनि माल्दिभ्स कै जाहिर हुसेन थिए ।
फाइनलमा साविक विजेता भारतले बंगलादेशलाई २–० ले हराउँदै उपाधि रक्षा गरेको थियो । प्रतियोगिताभरि कुल ४ गोल गरेका नेपालका सुजन डंगोलले सर्वाधिक गोलकर्ताको पुरस्कार वापत गोल्डेन बुट पनि हात पारेका थिए ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल