काठमाडौँ । काठमाडौँ महानगरपलिका केन्द्र दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ ।
लैनचौर फुटसल मैदानमा शनिबार भएको खेलमा वडा नं ९ ले काठमाडौँ महानगरपालिकालाई ७–१ ले हरायो । विजयी टिमका सागर भट्टले ह्याट्रिक गरे । अन्य गोल असिम लामिछाने, अर्जुन श्रेष्ठ, रोहन विक, अजय विक्रम अधिकारीको नाममा रह्यो । काठमाडौँ महानगरपालिकाका लागि भुपदेवले एक मात्र सान्त्वना गोल गरे । ह्याट्रिक गरेका सागर भट्ट नै खेलको म्यान अफ द म्याच चुनिए ।
अन्य खेलमा वडा नं ६ ले वडा नं ३ लाई २–०, वडा नं १६ ले वडा नं २० लाई ३–१ र वडा नं १४ ले वडा नं १० लाई २–० ले हराए । उपाधि रक्षा अभियानमा रहेको वडा नं १४ का लागि राजु बुढाथोकीले दुवै गोल गरे । राजु नै म्यान अफ दि म्याच घोषित भए ।
यसैगरी विनोद पुडासैनी र नामदुल सान्बो लामाको गोलले वडा नं ६ विजयी भयोे । वडा न ३ विरुद्धको खेलमा वडा ६ का दिपेश श्रेष्ठ म्यान अफ द म्याच बने । त्यसैगरी वडा १६ लाई जित दिलाउन आयुष कुँवरले दुई तथा रविन निरौलाले एक गोल गरे । आयुष म्यान अफ दि म्याच पनि चुनिए । वडा २० का ज्ञानेन्द्र मल्लले गरेको गोल सान्त्वना मात्र बनेको थियो ।