News
एएफसी यु–२० एसियन कप छनौटमा नेपालको खराब शुरुवात

काठमाडौं । शनिबारदेखि चाइनिज ताइपेईमा शुरु एएफसी यु–२० एसियन कप छनौटतर्फ आफ्नो समूहको पहिलो खेलमा नेपालले खराब शुरुवात गरेको छ ।
न्यु ताइपेइ सिटी स्थित फु जेन क्याथोलिक युनिभर्सिटी स्टेडियममा भएको समूह बी तर्फको पहिलो खेलमा नेपालले कम्बोडियासँग १–४ को हार बेहोरेको हो । खेलमा नेपालका लागि समिर तामाङले एक मात्र गोल फर्काएका थिए ।
यो पहिलो हारसँगै नेपालको समूह चरण पार गर्ने सम्भावना शुरुवातबाटै कठिन बनेको छ । नेपालले आफ्नो आगामी खेल सोमबार घरेलु टोली चाइनिज ताइपेइसँग खेल्नेछ । त्यसवाहेक नेपालले दुई बलिया टोली बहराईन र उज्वेकिस्तानसँग खेल्ने कार्यक्रम छ ।
Post Comments
Related News
- अल अहली पहिलोपटक एसियाली क्लब फुटबलको च्याम्पियन
- एएफसी च्याम्पियन्स लिग इलिटमा अल नासरको चुनौति पनि समाप्त, उपाधिका लागि अल अहली र कावासाकी भिड्ने
- एएफसी च्याम्पियन्स लिग इलिटः अल हिलालको चुनौति सेमिफाइनलबाटै समाप्त
- एएफसी यु–२० महिला एसियन कप छनौटतर्फ समूह ए मा नेपाल
- उज्वेकिस्तानलाई एएफसी यु–१७ एसियन कपको उपाधि