काठमाडौं । एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत उत्कृष्ट लयमा रहेको दावेदार विभागीय टोली नेपाल पुलिस क्लबले चन्द्रपुर नगरपालिकासँग बराबरीमा रोकिएको छ ।
बुधबार भएको खेलमा पुलिसले चन्द्रपुरसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्न बाध्य भ्एको हो । यो नतिजापछि ६ खेलबाट १२ अंक जोडेको पुलिस तेस्रो स्थानमा रहँदा सात अंक जोडेको चन्द्रपुर छैठौं स्थानमा छ ।
त्यस्तै बुधबार नै भएको अर्को खेलमा पहिलो जित दर्ता गर्ने क्रममा कर्णाली प्रदेशले सुदुरपश्चिम प्रदेशलाई शून्यका विरुद्ध ३ गोलले हरायो । कर्णालीका लागि बर्षा ओली, भूमिका बुढाथोकी र गरिमा राईले गोल गरिन् ।
यो नतिजापछि ६ खेलबाट ४ अंक जोडेको कर्णाली लिगतालिकाको नवौं स्थानमा छ । पराजित सुदुरपश्चिम भने अंकविहीन अंकविहीन रुपमा लिगतालिकाको पुछारमा संघर्षरत छ ।
कुल १० टोलीहरु सहभागि लिग विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
(तस्विरः एन्फा)
- मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्सको ७–० को शानदार जित, सिम्रनको चार गोल
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- होराइजन र कान्ति फाइनलमा भिड्ने