काठमाडौं । एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगितामा शनिबार पाँचौं चरणको शुरुवाती दुई खेल बराबरी नतिजासका साथ सकिएका छन् ।
दशरथ रंगशालामा भएको पहिलो खेलमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले १–१ को बराबरी खेल्दै अंक बाँडे । खेलमा पुलिसका लागि अमृता जैशी र आर्मीका लागि अमिषा कार्कीले गोल गरिन् ।
यो नतिजापछि ५ खेलबाट ११ अंक जोडेको पुलिस शिर्ष स्था नमै यथावत छ । उता आर्मी भने १० अंकका साथ शिर्ष तीन मै कायम छ ।
त्यस्तै शनिबार नै भएको दोस्रो खेलमा संकटा क्लब र कोशी प्रदेशले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यो नतिजापछि ५ खेलबाट १० अंक जोडेको कोशी प्रदेश शिर्ष चारमा उक्लिएको छ । उता संकटा भने ५ अंकसहित सातौं स्थानमा छ ।
कुल १० टोलीहरु सहभागि लिग विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
- मध्यपुर थिमिमा तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता हुँदै
- मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्सको ७–० को शानदार जित, सिम्रनको चार गोल
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु