News
अजय एफसीलाई राम बहादुर (आरके) सुबेदी गोल्डकपको उपाधि

काठमाडौं । बक्स अफिस इन्टरनेशनल ग्रुपको आयोजनामा सम्पन्न राम बहादुर (आरके) सुबेदी गोल्डकप सेभेन ए साईड खुला फुटबल प्रतियोगिताको उपाधि अजय एफसीले जितेको छ ।
तेन्जिङ चोक, बौद्ध स्थित इलाईट फुटसलमा भएको उपाधि भिडन्तमा अजय एफसीले मोलम एफसीलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै उपाधि जितेको हो । अजय एफसीको जितमा कुशन श्रेष्ठले दुई गोल गर्दा सन्तलाल तामाङले थप एक गोल गरे ।
विजेता बनेको अजय एफसीले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्दा उपविजेता मोलम एफसीले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
व्यक्तिगत विधातर्फ अजय एफसी कै अनिष माझी उत्कृष्ट गोलरक्षक बन्दा अजय एफसी कै कुशन श्रेष्ठले सर्वाधिक गोलकर्ताको पुरस्कार हात पारे । त्यस्तै मोलमका सुरेश श्रेष्ठ प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए ।
Post Comments
Related News
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय