कावासोती । झिनो अन्तरको जित निकाल्दै रडस रामपुर, चितवन यहाँ सम्पन्न ३८औं युनाइटेड गोल्डकप नकआउट फुटबल प्रतियोगिताको विजेता बनेको छ ।
शनिबार भएको उपाधि भिडन्तमा रडसले वातासिनो योङ स्टार, कावासोतीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।
दोस्रो हाफको ११औं मिनटमा समिप ढकालले गरेको एक मात्र हेडर गोल टोलीलाई उपाधि जिताउन निर्णायक गोल बन्यो । विजेता बनेको रडस रामपुरले उपाधिसहित नगद २ लाख ५० हजार हात पार्दा उपविजेता वातासिनोले १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
व्यक्तिगत विधातर्फ वातासिनोका कप्तान प्रकाश पुन प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी घोषित भए । रडस रामपुरका अनिल रानाले सर्वाधिक गोलकर्ताको पुरस्कार हात पार्दा एभरेष्ट क्लब, चितवनले फेयर प्ले पुरुस्कार प्राप्त गर्यो ।
युनाइटेड युथ क्लब, गिरुबारीको आयोजनामा सम्पन्न भएको प्रतियोगिताको विजेता, उपविजेता टोलीका खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतले पुरस्कृत गरेका थिए ।
- पूर्वी नवलपरासीमा ऐतिहासिक ४०औँ युनाइटेड गोल्डकप भदौ १९ गतेदेखि
- गैंडाकोट च्याम्पियनसिप कपमा ८ टोली, रु. ५ लाख ५ हजार ५ सय ५५ पुरस्कार राशिको घोषणा
- प्रथम 'गैंडाकोट च्याम्पियनसिप कप २०८३ को तयारी सुरु
- गैँडाकोट खेलकुद सुधारको आवाज बुलन्द: सुदन पराजुलीको संयोजकत्वमा खेलप्रेमी युवाहरूको सामूहिक ध्यानाकर्षण
- शानदार जितसहित जनशक्ती दोस्रो जेनिथ कपको क्वाटरफाईनलमा