News
एन्फालाई पुनः ७ दिनको समय
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आफ्नो प्रदेशिक संरचना निर्माण बारे ७ दिनभित्र राखेपमा पेश गर्न पुनः पत्रचार गरेको छ ।
राखेपका सदस्य–सचिव एवं कार्यकारी समितिका संयोजक टंकलाल घिसिङको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
एन्फाले २०७९ असार १५ गतेसम्म प्रदेश संरचना निर्माण गरी राखेपमा पेश गर्ने प्रतिबद्धता जनाएपनि हालसम्म पटक पटक पत्रचार गर्दा पनि पेश गरेको छैन ।
२०७९ असार १५ गतेसम्म प्रदेश संरचना निर्माण गरी पेश गर्ने प्रतिबद्धता अनुरुप राखेपले एन्फालाई २०७९ जेठ ३० गते एन्फालाई साधारण सभा तथा निर्वाचन गर्न स्वीकृति दिएको थियो ।
Post Comments
Related News
- मध्यपुर थिमिमा तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता हुँदै
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै