News
चौथो चरणको अन्तिम खेलमा चन्द्रपुरको पहिलो जित
काठमाडौं । एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगितातर्फ चन्द्रपुर नगरपालिकाले शुक्रबार चौथो चरणको अन्तिम खेलमा लिगको आफ्नो पहिलो जित दर्ता गरेको छ ।
एन्फा कम्प्लेक्समा भएको एक मात्र खेलमा चन्द्रपुरले सुदुरपश्चिमलाई ४–० ले हरायो । चन्द्रपुरका लागि रजनी थोकर, अनिता राना मगर, सजनी थोकर र सुनिता सुनारले समान एक–एक गोल गरे ।
यो जितपछि ४ खेलबाट ५ अंक जोडेको चन्द्रपुर लिगतालिकाको छैठौं स्थानमा छ । पराजित सुदुरपश्चिम भने अंकविहीन रुपमा पुछार मै संघर्षरत छ । शिर्ष स्थानमा भने १० अंक जोडेको नेपाल पुलिस क्लब रहेको छ ।
कुल १० टोलीहरु सहभागि लिग विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)