
काठमाडौं । एन्फा महिला लिग फुटबल प्रतियोगिता अन्तर्गत उत्कृष्ट लयमा रहेको कोशी प्रदेशले लगातार तेस्रो जित हात पार्दा विभागीय टोली नेपाल पुलिस क्लबले पनि साँघुरो अन्तरको जित निकालेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा कोशीले कर्णाली प्रदेशलाई ४–० ले हरायो । कोशीको जितमा पुर्णिमा राईले दुई गोल गर्दा समिक्षा मगर र प्रतिक्षा राईले थप एक–एक गोल गरे ।
यो जितपछि ३ खेलबाट ९ अंक जोडेको कोशी शिर्ष स्थानमा यथावत छ । कर्णालीको खातामा भने १ अंक छ र लिगतालिकाको पुछारतिरै छ ।
आइतबार नै भएको अर्को खेलमा पुलिसले बागमती युथ क्लबमाथि १–० को जित निकाल्यो । पुलिसको जितमा निर्मला उपाध्यायले एक मात्र निर्णायक गोल गरिन् ।
यो जितपछि पुलिसको ३ खेलबाट ७ अंक भएको छ र लिगतालिकाको दोस्रो स्थान मै छ । उता पराजित बागमतीको खातामा भने ३ अंक रहेको छ ।
कुल १० टोलीहरु सहभागि लिग विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
- सूर्यविनायकमा ५० हजार क्षमता भएको रंगशाला निर्माण हुने : प्रधानमन्त्री ओली
- प्रधानमन्त्रीद्वारा आज नेसनल हाई परफमेन्स सेन्टरको उद्घाटन हुँदै
- साबित्रासहित १० खेलाडीलाई इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसको सम्मान
- साफ यू-१७ महिला च्याम्पियनसिप २०२५ को खेलतालिका सार्वजनिक, नेपाल पहिलो खेलमा भारतसँग भिड्ने
- प्रशिक्षक प्याट्रिक डि वाइल्ड नेपाल फर्कने वा नफर्कने भन्ने विषयमा गम्भीर शंका