काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा पहिलो रोजाईकी गोलरक्षक अन्जिला तुम्बापो सुब्बाले युरोपमा व्यवसायिक फुटबल खेल्ने भएकी छिन् । अन्जिलालाई ग्रिस महिला ‘ए’ लिग खेल्ने निस अट्रोमिटौले नयाँ सिजन २०२४–२५ का लागि अनुवन्ध गरेको हो ।
यो अनुवन्धसँगै युरोपियन क्लबमा व्यवसायिक फुटबल खेल्ने अन्जिला दोस्रो नेपाली खेलाडी बनेकी छिन् । यसअघि राष्ट्रिय महिला फुटबल टोली कै अर्की स्टार फरवार्ड साबित्रा भण्डारीले फ्रान्सको शिर्ष लिगमा गुइनग्याम्पका लागि खेलिरहेकी छिन् ।
स्मरण रहोस, अन्जिला आवद्ध अट्रोमिटौले गत सिजन २६ खेलमा ९ जित, ६ बराबरी र ११ हारका साथ लिगतालिकाको नवौं स्थानमा रहेर सिजनको समापन गरेको छ ।
उता अन्जिलाको भने यो व्यवसायिक करियरको तेस्रो वैदेशिक फुटबल यात्रा हुनेछ । यसअघि अन्जिलाले पाकिस्तानको महिला लिग र भारतको चर्चित आई लिग पनि खेलेकी थिईन् । नेपाली क्लब फुटबलमा भने उनले एपिएफका लागि खेल्दै आएकी छिन् ।
- मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्सको ७–० को शानदार जित, सिम्रनको चार गोल
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- होराइजन र कान्ति फाइनलमा भिड्ने
- होराइजन, सुनगाभा, ग्यालेक्सी र कान्ति सेमिफाइनलमा