
काठमाडौं । नेपाली राष्ट्रिय यु–२० फुटबल टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आइतबार श्रीलंका विरुद्धको खेल पश्चात नेपाली खेलाडीहरु दबाबमा खेल्दा झिनो अन्तरको जित निकाल्न बाध्य बनेको प्रतिक्रिया दिएका छन् ।
प्रशिक्षक श्रेष्ठका अनुसार नेपाली खेलाडीहरुले गोलको धेरै अवसरहरु पाए तापनि दबाबमा खेल्दा गोल गर्न चुकेको बताए । गोलको सहज अवसर पाउँदा पनि नेपाली स्ट्राइकरले गोल गर्न नसक्दा फराकिलो जित हात पार्नबाट चुकेको पनि प्रशिक्षक श्रेष्ठले बताए ।
यद्यपि प्रशिक्षक श्रेष्ठले आफ्ना खेलाडीहरु रणनीति अनुसार खेल्न सफल भएको बताए । साथै उनले आगामी खेलका लागि स्कोरिङमा योजना बनाएर काम गर्ने प्रतिक्रिया समेत दिए ।
स्मरण रहोस, आइतबार भएको समूह ए तर्फको उद्घाटन खेलमा नेपालले श्रीलंकामाथि १–० को जित निकालेको थियो । नेपालका लागि निराजन धामीले एक मात्र निर्णायक गोल गरेका थिए ।
साँघुरो जित निकाले पनि सेमिफाइनल प्रवेश गर्ने नेपालको सम्भावना भने बलियो बनेको छ । नेपालले समूह चरणको आफ्नो आगामी खेल बंगलादेशससँग खेल्ने कार्यक्रम छ ।
- एन्फाका पूर्वकार्यवाहक अध्यक्ष श्रेष्ठको स्मृति सभा सम्पन्न
- टोलीको प्रदर्शनबाट एन्फा सन्तुष्ट, समस्या निराकरणका लागि सबै एकजुट हुन आवश्यकः एन्फा उपाध्यक्ष लामा
- राष्ट्रिय पुरुष फुटबल टोलीको विदाई
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको फाइनल स्क्वाड घोषणा
- खेल पत्रकार हिमेशको ‘स्वर्णकथा नेपाली फुटबलको’ लोकार्पण