
छथर । तेह्रुमको छथर गाउँपालिकाको शुक्रबारेमा जारी पॉचौ छथर गाउँपालिका अध्यक्ष आमन्त्रित पुरूष फुटबल प्रतियोगिताको फाइनलमा एफ.सी. कुपी छथर र छथर जोरपाटी धनकुटा बिच भिडन्त हुने भएको छ ।
आइतबार सम्पन्न दोस्रो तथा अन्तिम सेमीफाइनलमा एफ.सी कुपीले पंचायन फुटबल क्लब सुनसरीलाई एकका विरूद्व दुइ गोलले पराजित गर्दै फाइनलमा आफ्नो भेट छथर जोरपाटीसँग पक्का गरेको हो । एफ. सी. कुपीको जितका लागि संजय धिमाल र मिलन चाम्लिङ राईले एक एक गोल गरे भने पंचायनका तर्फबाट क्याप्टेन तीर्थ बस्नेतले एक गोल गरे ।
दोस्रो हाफको २२ औँ मिनेटमा मिलन चाम्लिङ राईले एफ.सी. कुपीका लागि थप एक गोल गर्दै टिमलाई दुइ एकको अवस्थामा पुर्याए । यही अवस्था खेलको अन्तिम सम्म कायम राख्दै एफ.सी. कुपीले फाइनल यात्रा तय गरेको हो ।
शनिबार सम्पन्न पहिलो सेमिफइनलमा आयोजक छथर गाउँपालिकालाई एक शुन्यले पराजित गर्दै धनकुटा यस अघि नै फाइनल प्रवेश गरिसकेको छ । अब भाद्र ४ गते मंगलबार दिनको १२ः३० बजे फाइनल खेल हुनेछ ।
- चुलाचुली स्पोर्टिङ झापा तेह्रथुममा जारी केलाङ मेलाको उपाधि नजिक
- तेह्रथुम जलजलेः सेमिफाइनल खेल्ने चार टोलीकै टुङगो लाग्यो
- आयोजक मुनाल र जि.सि २२ सेमिफाइनलमा
- तेह्रथुमको जलजलेमा केलाङ मेला खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिता शुरू
- तेह्रथुमको जलजलेमा बैशाख २३ देखि खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिता हुने