
काठमाडौं । शहिद स्मारक सी डिभिजन लिगतर्फ बुधबार खालीबारी युवा फुटबल क्लब र बी डिभिजनमा बढुवा भईसकेको बागमती युवा क्लबले जित हात पारेका छन् ।
एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा खालीबारीले मनोहरा युनाइटेडलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो । खालीबारीको जितमा मनिष गुरुङ्गले एक मात्र निर्णायक गोल गरे ।
यो जितपछि १२ खेलबाट १७ अंक जोडेको खालीबारी लिगतालिकाको चौथो स्थानमा उक्लेको छ । पराजित मनोहरा भने १५ अंकका साथ आठौं स्थानमा छ ।
त्यस्तै दोस्रो खेलमा बागमतीले गोलबजार स्पोर्टस क्लबमाथि ४–१ को सहज जित हात पार्यो । बागमतीका लागि अनिल रानाले दुई गोल गरे भने सिर्जनराज गौतम राज भुषालले एक–एक गोल गरे । पराजित गोलबजारका लागि भने बिनु आले मगरले एक मात्र गोल फर्काए ।
यो जितपछि १२ खेलबाट २९ अंक जोडेको बागमती शिर्ष स्थानमा छ । पराजित गोलबजार भने सात अंकका साथ पुछार मै छ ।
- रोहित चन्दद्वारा बुटवल एन्फा एकेडेमीको अवलोकन र भेटघाट
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)