सुपौली । श्री बाउन्नकोटी सामुदायिक वन उपभोक्ता समूह, चिल्हिया, रुपन्देहीको आयोजनामा यही बैशाख १६ गते आइतबारदेखि प्रथम बाउन्नकोटी कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
समपुर्ण युवा क्लब, सुपौलीसँगको संयोजनमा हुन गईरहेको प्रतियोगिता आयोजक कै खेलमैदानमा हुनेछ । साथै प्रतियोगिताको सम्पूर्ण तयारी पनि पूरा भएको शनिबार पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले जानकारी दियो ।
त्यस्तै प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । उद्घाटन खेलमा बैशाख १६ गतेका दिन तिलोत्तमा नगरपालिका वार्ड नम्बर १३ र ओमसतिया गाउँपालिका वार्ड नम्बर १ बीच हुने खेल संयोजक झविलाल थापाले जानकारी दिए ।
प्रतियोगितामा तिलोत्तमा नगरपालिका, ओमसतिया गाउँपालिका र सियारी गाउँपालिकाका गरी कुल ६ वार्डका टोलीहरु सहभागि हुने पनि संयोजक थापाले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल भने बैशाख २१ गतेका दिन हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष लिल बहादुर क्षेत्रीले बताए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष क्षेत्रीले जानकारी दिए ।
सो अवसरमा आयोजक समितिका वरिष्ठ उपाध्यक्ष लक्ष्मण भट्टराई, उपाध्यक्ष धनराज शर्मा, महासचिव दिनेश अर्याल, सचिव शशिकला गुरुङ्ग, कोषाध्यक्ष दुर्गी कुमारी राना, रुपन्देही जिल्ला खेलकुद विकास समितिका सदस्य अर्जुन क्षेत्री (हापु), समपुर्ण युवा क्लबका अध्यक्ष अबिर पुन, पूर्व खेलाडी तथा युवा फुटबल अभियनता अशोक पुन, गोविन्द थापा लगायतको पनि उपस्थिति रहेको थियो ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने