News
स्व.प्रदिप राना मगर स्मृती कप शुरु
बुटवल । ल्याड बेसक्याम्प बुटवलको आयोजनामा स्व. प्रदिप राना मगर स्मृती कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिता शुरु भएको छ ।
बुटवल-१० रामनगर स्थित स्थानीय खेलमैदानमा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा एचवाइसीले मायादेवी एफसीलाई ३-१ ले हरायो ।
एचवाइसीका लागि किरन शाहीले दुई गोल गरे भने थप एक गोल सोनु खत्रीले गरे । उता पराजित मायादेवीका लागि अजित श्रेष्ठले एक मात्र गोल फर्काए । खेलमा एचवाइसीका किरन शाही म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिताको विजेताले उपाधी सहित नगद ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३३,३३३ रुपैयाँ प्राप्त गर्ने खेल संयोजल रोहन राना मगराले जानकारी दिए । फाइनल खेल आउँदो बैशाख १० गतेका दिन हुनेछ ।
Post Comments
Related News
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने