News
प्रथम गुरु टोली फुटसल हुने (खेलतालिकासहित)
दमक । गुरु टोली, दमक, झापाको आयोजनामा यही आउँदो नयाँ वर्ष बैशाख १ गतेका दिन प्रथम गुरु टोली फुटसल प्रतियोगिताको हुने भएको छ । स्पा एनी फुटसलमा हुने एक दिने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ ।
कुल आठ टोलीहरुको सहभागिता रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १६,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक आकाश लावतीले जानकारी दिए ।
त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको संयोजक लावतीले बताए । त्यसबाहेक प्रतियोगिता समापन पश्चात अन्य सामाजिक कार्यहरु निरन्तर रहने गुरु टोली फाउण्डेशनका अध्यक्ष विशाल देवानले बताए ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि