ललितपुर । नाइटिङ्गेल इन्टरनेसनल सेकेण्डरी स्कुलको मुख्य प्रायोजन तथा डाइनामाइट फुटबल क्लबको आयोजनामा सञ्चालित चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि एओएफ युनाइटेडले जितेको छ।
भाद्र ६ र ७ गते सञ्चालन भएको प्रतियोगिताको फाइनलमा आयोजक डाइनामाइट एफसी र एओएफ युनाइटेडबीच प्रतिस्पर्धा भएको थियो। निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल ०–० को बराबरीमा सकिएको थियो।
त्यसपछि भएको पेनाल्टी सुटआउटमा एओएफ युनाइटेडले ३–२ गोल अन्तरले आयोजक डाइनामाइट एफसीलाई पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको हो।
उपाधिसँगै एओएफ युनाइटेडले नगद रु. ७७,७७७ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता डाइनामाइट एफसीले रु. ४४,४४४ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ।
प्रतियोगितामा मलिथम एफसी तेस्रो तथा युनाइटेड एफसी चौथो भएका छन्। तेस्रो स्थान हासिल गर्ने मलिथम एफसीले निशुल्क आवेदन तथा चौथो भएको युनाइटेड एफसीले गिफ्ट ह्याम्पर प्राप्त गरेको छ।
व्यक्तिगत विधातर्फ प्रतियोगितामा एओएफ युनाइटेडका अनिस चौधरी उत्कृष्ट गोलरक्षक घोषित भए र उनले नगद रु. ३,३३३ सहित ट्रफी प्राप्त गरे। त्यस्तै, एओएफ युनाइटेडकै अजित चौधरी सर्वाधिक गोलकर्ता घोषित हुँदै नगद रु. ३,३३३ सहित ट्रफी प्राप्त गरे भने सर्वोत्कृष्ट खेलाडी डाइनामाइट एफसीका राहुल थारु घोषित भएसँगै उनले नगद रु. ४,४४४ सहित ट्रफी हात पारे।
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- सातौँ सिसेःक्पा कप २०८३ : पुरुषतर्फ सेभेन वेज र महिलातर्फ कृजल एफसी च्याम्पियन,