
काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को दुई महत्त्वपूर्ण छ्नौट खेल खेल्न नेपाली राष्ट्रिय फुटबल टिम शनिबार बहराइन पुगेको छ ।
बहराइन जानुअघि नेपालले मलेसियामा घरेलु टोलीसँग मैत्रीपूर्ण अभ्यास म्याच पनि खेलेको थियो । सो खेलमा नेपाल ५-१ ले पराजित भएको थियो ।
अब यता नेपालले बहराइनसँग छ्नौट प्रतियोगिता अन्तर्गत मार्च २१ (चैत ८ गते) र मार्च २६ (चैत १३ गते) तारीखका दिन दुई म्याच खेल्नेछ ।
नेपालको फाइनल स्क्वाडः
गोलकिपर्सः किरन कुमार लिम्बु, अभिषेक बराल, बिशाल सुनार
डिफेन्डर्सः अभिषेक लिम्बु, सनिस श्रेष्ठ, अनन्त तामाङ, छिरिङ लामा, सुमित श्रेष्ठ, अजय चौधरी, सौभाग्य राई
मिडफिल्डर्सः भरत खवास, बिशाल बस्नेत, लाकेन लिम्बु, मणि कुमार लामा, मनिष डाँगी, रोहन कार्की, उत्सव राई
फरवार्डसः अन्जन बिष्ट, दिनेश हेन्जन, हिसुब थपलिया, समिर तामाङ, सन्जिव बिष्ट, जिलेस्पी जंग कार्की
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न
- भरतपुर मेयर कप : दोस्रो चरणको चार खेल सम्पन्न
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग