काठमाडौं । भुटान फुटबल फेडरेशनको अध्यक्षमा डाशो उगेन छेचुप फेरि नयाँ कार्यकालका लागि निर्वाचित भएका छन् । यससँगै डाशोले भुटानी फुटबलको जिम्मेवारी थप चार बर्ष सम्हाल्ने निश्चित समेत भएको छ ।
नयाँ कार्यकालका लागि अध्यक्षमा पूनः निर्वाचित भएपछि डाशोले भने "हामी थप नयाँ रणनीतिका साथ अगाडी बढ्ने छौं । भुटानको फुटबल विकासमा हामी एकजुट भएर लागि परेका छौं ।"
स्मरण रहोस, डाशो कै नेतृत्वमा हाल भुटानले आधुनिक फुटबलमा थप फड्को मारेको छ । साथै दक्षिण एसियाली स्तरमा उमेर समूहको साफ फुटबल प्रतियोगिता पनि आयोजना गरिसकेको छ ।
विश्वकप छनौटतर्फ पनि भुटानको प्रदर्शन प्रशंसनीय थियो । हालै नेपालमा सम्पन्न सागमा भुटानले ऐतिहासिक रुपमै पहिलोपटक स्वर्ण पदकका लागि फाइनल समेत खेलेको थियो ।
त्यति मात्र नभएर डाशो कै नेतृत्वमा भुटानले खेलमैदान तथा फुटबलका लागि आवश्यक भौतिक पुर्वाधारमा पनि राम्रो लगानी र प्रतिफल हासिल गर्दै आएको छ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै