News
प्रथम तार्केश्वर फुटसल कप हुने
काठमाडौं । तार्केश्वर युवा क्लबको आयोजनामा आगामी फागुन १२ गतेका दिन प्रथम तार्केश्वर फुटसल कप हुने भएको छ । ए–वान फुटसमा हुने प्रतियोगिताको फागुन १० गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ५५०० तोकिएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७० हजार हात पार्नेछ भने उपविजेताले ३५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
थप जानकारीको लागि निम्न मोवाइल नम्बरमा सम्पर्क गर्न पनि सकिने पनि आयोजकले जनाएको छ । सम्पर्क मोबाईल नम्बरहरु ९८६१७६२७१३, ९८४१०८९०८० ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै