काठमाडौं । नेपालका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा चर्चित प्रशिक्षक बसन्त गौचनद्वारा स्थापित र सञ्चालित बसन्त गौचन (बिजी) फुटबल एकेडेमीले काठमाडौंमा पनि फुटबल प्रशिक्षण दिने भएको छ ।
यसअघि सबै सुविधासहितको एकेडेमी पोखरामा सञ्चालन गर्दै आएको बिजी फुटबल एकेडेमीले अब त्यसलाई विस्तार गरी काठमाडौंसम्म पुर्याइएको एकेडेमी सञ्चालक बसन्त गौचनले बताए । उनले यो कार्यक्रम देशैभरि विस्तार गर्ने योजना रहेको पनि सुनाए ।
त्यस्तै प्रशिक्षणका लागि आउँदो फागुन ३ गते (फेब्रुअरी १५ तारीख) देखि भर्ना पनि खुला गरिने प्रशिक्षक राजेन्द्र तामाङले बताए । फुटबल प्रशिक्षण भने बौद्ध स्थित बौद्ध टाउन प्लानिङमा दिने पनि प्रशिक्षक तामाङले जानकारी दिए ।
स्मरण रहोस, एकेडेमीले आफ्नै पहलमा जापानमा वार्षिक रुपमा आयोजना हुँदै आएको प्रतिष्ठित कोपा पुमा टोरेरोज युथ फुटबल प्रतियोगितामा नेपालका बाल खेलाडीहरुलाई खुला छनौट गरी नेपाली युथ फुटबल टोली बनाएर सहभागिता गराउँदै आएको छ ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न