News
४५औं हाङथुम कप फागुन पहिलो सातादेखि
मादी । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, मादी मुलखर्कको पहिचान फुटबल विकासको अभियान’ भन्ने नाराका साथ हाङथुम क्लब, मादी–३, मुलखर्क, संखुवासभाको आयोजनामा आगामी फागुन २ देखि ६ गतेस्म्म ४५औं हाङथुम कप नाईन ए साईड नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
मादी नगरपालिका–३ स्थित मुलखर्क खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु गरिएको आयोजकले जानकारी दियो । प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,००,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,००,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यस्तै विधागततर्फ प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार र ट्रफी हात पार्नेछ भने अन्य विधातर्फ उत्कृष्ट हुनेहरुले नगद ५ हजारसहित ट्रफी हात पार्ने पनि आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- अनिता राना मगरको ह्याट्रिकसँगै फेदापको शानदार जित
- मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्सको ७–० को शानदार जित, सिम्रनको चार गोल
- संखुवासभाको मादीमा प्रथम मझिया स्मृति महिला कप सुरु, धरानको विजयी सुरुवात
- सेकाहालाई तेस्रो तीनपोखरी कपको उपाधी
- सेकाहा तेस्रो तीनपोखरी कपको फाइनलमा, उपाधिका लागि मकालु फ्रेन्डससँग भिड्ने