News
एकदिने खुला फुटसल प्रतियोगिता हुँदै
काठमाडौं । सिपाडोल वार्ड नम्बर ८ को आयोजनामा यही पुस २८ गतेका दिन एक दिने खुला फुटसल प्रतियोगिता हुने भएको छ । हेल्दी फुटसल प्रा.लि. मा हुने प्रतियोगिताको यही पुस २७ गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ ।
टिमदर्ता शुल्क ३५०० तोकिएको छ । साथै दर्ता शुल्क वापतको २००० डिजिटल वालेटमार्फत अग्रिम बुझाउनु पर्ने पनि खेल संयोजक निरोज थापाले बताए ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी, मेडल प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उत्कृष्ट पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि