काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) को प्ले अफ म्याचतर्फ पहिलो क्वालिफायरमा सोमबार पोखरा थन्डर्स र धनगढी फुटबल क्लब भिड्दै छन् । दशरथ रंगशालामा साँझ ५ः३० बजेदेखि शुरु हुने खेलमा जित हात पार्ने टोली फाइनलमा प्रवेश गर्नेछ ।
यद्यपि हार बेहोर्ने टोलीलाई दोस्रो क्वालिफायरमा फेरि फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने अवसर मिल्नेछ । सोमबार पराजित हुने टोलीले मंगलबार इलिमिनेटरतर्फ काठमाडौं रेजर्स र ललितपुर सिटी बीचको विजेतासँग पुस १२ गते बिहीबार दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ ।
स्मरण रहोस, लिग चरणमा पोखराले ८ खेलबाट १५ अंक जोड्दै लिगलिडरका रुपमा प्ले अफमा छनौट भएको थियो भने १३ अंकका साथ धनगढी दोस्रो स्थानमा रहेर प्ले अफका लागि छनौट भएको थियो ।
धनगढी गत संस्करणको उपविजेता पनि हो । दुई हेभिवेट टोली पोखरा र धनगढी बीच हुने आजको खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक पनि हुने अनुमान गरिएको छ ।
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि