News
झापा भर्सेज बिरगंजः दुवै टोलीलाई पहिलो जित कै खाँचो

काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ शुक्रबार हुने एक मात्र खेलमा दुई नवप्रवेशी टोली झापा फुटबल क्लब र बिरगंज युनाइटेड फुटबल क्लब भिड्दै छन् ।
दशरथ रंगशालामा साँझ ५ बजेदेखि शुरु हुने खेलमा झापा र बिरगंज दुवै पहिलो जितको योजना र प्रयासमा हुने छन् । तीन खेल खेलिसकेका पुछारका यी दुवै टोलीले अहिलेसम्म जित हात पार्न सकेका छ्रनन् । दुई अंकका साथ झापा लिगतालिकाको आठौं स्थानमा रहँदा १ अंक जोडेको बिरगंज भने पुछारमा संघर्षरत छ ।
प्ले अफमा आफ्नो सम्भावना कायम राख्न यी दुवै टोलीलाई जितको खाँचो छ । त्यसैले पनि आजको खेलमा झापा र बिरगंज निश्चित जित र तीन अंकका लागि खेल्ने छन् । र, दुवै टोलीको भिडन्त प्रतिस्पर्धात्मक पनि हुने अपेक्षा गरिएको छ ।
Post Comments
Related News
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय