News
छैठौं सोल्टी–११ तमु ल्होसार कप हुने
काठमाडौं । सोल्टी ११ को आयोजनामा गुरुङ समुदायहरुको महान चाड ल्होसार पर्व (पौष १५) को अवसर पारि आयोजना हुँदै आएको सोल्टी ११ तमु ल्होसार कपको छैठौं संस्करण आउँदो पौष १० गते हुने भएको छ ।
गोंगबु, काठमाडौं स्थित मनाङ मस्र्याङ्दी फुटसलमा हुने प्रतियोगिताको पौष ९ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ६५०० तोकिएको पनि आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८० हजार हात पार्नेछ भने उपविजेताले ३५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो ।
त्यसैगरी व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता गरी तीन विधाका उत्कृष्ट खेलाडीहरुलाई नगद १५०० सहित मेडल र सर्टिफिकेटको प्रदान गरिने पनि आयोजकले जनाएको छ ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि