
काठमाडौं । नेपाल पुलिस स्कुल, साँगाको आयोजनामा प्रतिष्ठित २९औं आइजिपि फुटवल रनिङ ट्रफी विद्यालयस्तरीय फुटबल प्रतियोगिता यहि मंसिर २० गतेदेखि हुने भएको छ ।
काभ्रे खेलमैदानमा हुने प्रतियोगितामा काभ्रे जिल्ला लगायत उपत्यकाका र उपत्यका बाहिरका विधालयहरु गरी कुल १६ विधालयका १७ वटा टिमहरुले सहभागिता जनाउने आयोजकले जानकारी दियो ।
प्रतियोगिताको उद्घघाटन खेल आयोजक नेपाल पुलिस स्कुल, सागाँ र काठमाण्डौ विश्वविधालय हाइ स्कुल, चौकोट बीच हुने पनि आयोजकले जनाएको छ । प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो हुने टोलीहरुले क्रमशः ५० हजार, ४० हजार र ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको छ । साथै प्रतियोगिताको उद्घाटन प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरीले गर्ने कार्यक्रम रहेको छ ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय