कैलाली । प्रथम मुख्यमन्त्री पालिका स्तरीय जिल्ला ब्यापी फुटबल प्रतियोगिता २०८० लाई कैलालीको लम्किमा रहेको गुरुकुल इङ्लिस मिडियम स्कुलले प्रथम पुरस्कार प्रायोजन गरेको छ । कैलाली जिल्लाको लम्कीमा रहेको निजि क्षेत्रको प्रतिष्ठित बिधालय गुरुकुल इङ्लिश मिडियम स्कुलले प्रथम पुरस्कार प्रायोजन गरेको हो ।
प्रथम मुख्यमन्त्री पालिका स्तरीय कैलाली जिल्ला ब्यापी फुटबल प्रतियोगिता २०८० को प्रथम पुरस्कार प्रायोजन गर्नका लागि बर्दगोरिया स्पोर्ट्स एण्ड ईभेण्ट्सका अध्यक्ष प्रमोद मल्ल र गुरुकुल इङ्लिश मेडियम स्कुलका संस्थापक माधव थापाबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।प्रायोजनपछि बोल्दै गुरुकुल स्कुलका संस्थापक थापाले फुटबल प्रतियोगिता संग जोडिन पाउँदा खुशी लागेको बताउँदै आगामी दिनमा अझै सहयोग रहने जानकारी दिए ।
गुरुकुल स्कुलका संस्थापक थापाले एक व्यक्तिले यति ठूलो प्रतियोगिता गर्न आट गर्नु महान कार्य भएको भन्दै सबै मिलि प्रतियोगिता सफल पार्नुपर्ने बताए । उनले भने प्रत्येक पालिकामा रहेका खेलाडीलाई अवसर प्रदान संगै उनिहरुले आफ्नो खेल प्रदर्शन गरि राष्ट्रिय स्तरसम्म पुग्ने खुड्किलाेको रुपमा रहेको समेत बताए ।
आत्मविश्वास,आत्मनिर्भर,स्थानिय पहिचान र स्वास्थ्यका लागी खेल” भन्ने मुल नाराका साथ मंसिर १३ गते देखि सुरु हुने प्रथम मुख्यमन्त्री पालिका स्तरिय कैलाली जिल्ला व्यापी फुटबल प्रतियोगित मंसिर २० गते सम्म संचालन रहने आयोजक बर्दगोरिया स्पोर्ट एण्ड इभेन्टस प्रा.लिका अध्यक्ष प्रमोद मल्लले जानकारी दिए ।
- नवबुद्ध र बुलबुलेको शानदार जीत
- महिलातर्फ न्यू कालिका वाकओभरबाट सेमिफाइनलमा, पुरुषतर्फ सुदूरपश्चिम प्रदेश प्रहरी क्वार्टरफाइनलमा
- वनदेवी क्वार्टरफाइनलमा, चारपातेलाई पेनाल्टीमा ३–० ले हरायो
- कैलालीको लम्कीचुहामा ‘न्यू ज्योति कप २०८३’ र तीज मेला हुने
- सुदूरपश्चिमको ऐतिहासिक २७औँ महिला तथा पुरुष फुटबल प्रतियोगिताको तयारी सुरु