News
प्रथम चन्द्रागिरी अन्तर वार्ड कप मंसिर ८ देखि
काठमाडौं । चन्द्रागिरी अन्तर वार्ड कप फुटबल प्रतियोगिता समिति, चन्द्रागिरी–१४, नयाँ नैकाप, काठमाडौंको आयोजनामा यही मंसिर ८ देखि १६ गतेसम्म प्रथम चन्द्रागिरी अन्तर वार्ड कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
नैकाप खेल मैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जानकारी दियो । प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यस्तै व्यक्तिगत विधातर्फ पाँच विधाका उत्कृष्ट खेलाडीहरुलाई पनि नगद १० हजारसहित ट्रफी प्रदान गरिने आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न