पोखरा । एलसी ब्रदर्शन युनाइटेड, लामाचौर–१९, पोखराको आयोजनामा आइतबारदेखि लामाचौर कप खुला नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।
गोस्टेघाट फुटबल मैदानमा शुरु प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस गण्डकी प्रदेशले छ्यामा हाउस रत्नचोकलाई ७–१ गोल अन्तरले पराजित गर्यो । नेपाल पुलिसका लागि आशिष थारु र दिपक गुरुङले दुई गोल गरे । त्यस्तै केशर बराम, शिशिर थारु र किरण गुरुङले समान एक–एक गोल गरे । उता छ्यामा हाउसका लागि टुटुन गुरुङले एक मात्र सान्त्वना गोल फर्काए ।
दोस्रो खेलमा बानिया ब्रदर्स लामाचौरले विष्णु पादुका हेम्जालाई रोमाञ्चक खेलमा ३–२ ले हरायो । बानिया ब्रदर्शका लागि प्रज्वल गुरुङ, मुकुन्द र अभिषेक रानाले गोल गरे । पराजित विष्णु पादुकाका लागि सञ्जोक केसी र सञ्जय केसीले गोल गरे तर टोलीलाई हारबाट जोगाउन सकेनन् ।
प्रतियोगिताको बिजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाखसहित प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न