News
दुधे फाइनलमा, उपाधिका लागि एमएफसीसँग भिड्ने
झिलझिले । दुधे फुटबल क्लब यहाँ जारी प्रथम बोका जुनियर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा दुधेले ब्याङडाडा फुटबल क्लबलाई ३–१ ले हराउँदै फाइनल प्रवेश गरेको हो ।
दुधेले अब असोज २० गते शनिबारका दिन हुने फाइनलमा एमएफसीको सामना गर्नेछ । एमएफसीले बुधबार मात्र भएको पहिलो सेमिफाइनलमा श्रीजंगा युवा समाजलाई ४–० ले हराउँदै फाइनल प्रवेश गरिसकेको छ ।
बोका जुनियर फुटबल क्लब, शिवसताक्षी नगरपालिका–८, झिलझिले, झापाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्नेछ ।
Post Comments
Related News
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक