News
नेपाली यु-१९ टोलीको समर्थनमा बाइक र्याली हुने
काठमाडौं । दशरथ रङशलामा जारी साफ यु-१९ च्याम्पियनशिपको सेमीफाइनलमा भारत विरुद्ध भिड्दै गरेको नेपाल यु-१९ टोलीलाई हौशला र समर्थन प्रदान गर्नका लागि दशरथ रङशला, त्रिपुरेश्वर देखी गोदावरीको होटेल भ्यु भ्रिकुटीसम्म नेपाली फुटबल समर्थकहरुले बाइक र्याली निकाल्ने भएका छन् ।
बुधबार बिहान १० बजे रङशलाबाट सुरु हुने उक्त र्याली कुपोन्डोल, पुलचोक, लगनखेल, जवलाखेल, सातदोबाटो हुँदै गोदावरी पुग्ने छ । नेपाली फुटबल समर्थकको आयोजनामा हुन लागेको र्यालीले नेपाली युवा टोलिलाई नयाँ जोश दिने विश्वाश गरिएको छ । नेपाली फुटबल समर्थक समुहले यो र्यालीमा जो कोही पनि सहभागी हुन सक्ने बताएका छन् ।
आसोज १० गते नेपालले साफ यु-१९ च्याम्पियनशिपको सेमिफाइनलमा भारतको समाना गर्दै छ । ५:३० बजे दशरथ रङशलामा हुने खेलमा टिकट रु.१०० र ३०० मात्र रखिएको छ । पहिलो सेमिफाइनलमा भने पाकिस्तानले भुटानको समाना गर्दा उक्त खेल १:३० बजे सुरु हुने छ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै