
काठमाडौं । प्रतिष्ठित एसियन गेम्सको महिला फुटबलतर्फ आज नेपालले समूह चरणको आफ्नो पहिलो खेलमा भियतनामको सामना गर्दैछ । खेल नेपाली समयअनुसार १ः४५ बजेदेखि चीनको वेन्झु शहर स्थित वेन्झु ओलम्पिक स्पोर्टस सेन्टर स्टेडियममा हुनेछ ।
यसै वर्ष सम्पन्न फिफा महिला विश्वकप खेलिसकेको भियतनाम विरुद्ध नेपाललाई एउटा बलियो चुनौति हुनेछ । नेपाल र भियतनामबीच यस वर्षको यो तेस्रो भेट पनि हुनेछ ।
यसअघि गत अप्रिलमा काठमाडौं मै भएको एएफसी ओलम्पिक छनौटतर्फ नेपाल र भियतनाम दुई खेलमा भिडेका थिए । त्यतिबेला पहिलो खेलमा नेपाल ५–१ र दोस्रो खेलमा २–० ले पराजित भएको थियो ।
नेपाललाई आज त्यो हारको बदला लिने अवसर पनि हुनेछ । यद्यपि भियतनामसँग आफू अनुकुल नतिजा ल्याउनु नेपाललाई त्यति सहज भने हुने छैन । प्रतियोगिताको समूह डी मा रहेको नेपाल र भियतनामसँगै दावेदार जापान र बंगलादेश पनि छन् ।
- युइएफए महिला युरोः दुई पूर्वविजेता स्वीडेन र जर्मनीको विजयी शुरुवात
- फिफा क्लब विश्वकपः फ्लुमिनेन्स सेमिफाइनलमा, अल–हिलालको चुनौति समाप्त
- युएएफए महिला युरोः इटाली र स्पेनको पनि विजयी शुरुवात
- पोर्चुगल र लिभरपुल स्टार जोटाको दुर्घटनामा निधन
- प्रतिष्ठित युइएफए महिला युरो शुरु, फिनल्यान्ड र नर्वेको विजयी शुरुवात