News
अग्रता लिएर पनि रोकियो किरणको टोली पञ्जाब
काठमाडौं । पञ्जाब एफसीबाट चर्चित हिरो इण्डियन लिग (आइ लिग) मा व्यवसायीक फुटबल खेलिरहेका नेपालका नम्बर एक गोलरक्षक किरण चेम्जोङको टोली शनिबार बराबरीमा रोकिएको छ ।
कोजिकोडेमा भएको खेलमा पञ्जाबले घरेलु टोली गोकुलम केरला एफसीसँग १–१ को बराबरी खेल्यो । खेलको ३३औं मिनटमा डिपान्डा डिकाको गोलबाट पञ्जाबले खेलमा अग्रता लिएको थियो ।
तर दोस्रो हाफको ६३औं मिनटमा नाथनिल गार्सियाले केरलाका लागि बराबरी गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए । जुन १–१ को नतिजा नै खेलको फाइनल स्कोर बन्न पुग्यो ।
यो नतिजापछि १४ खेलबाट २२ अंक जोडेको पञ्जाब दोस्रो स्थानमा छ । एक खेल कम खेलेको मोहन बगान ३२ अंकका साथ शिर्ष स्थानमा छ । उता केरला भने १३ खेलबाट १८ अंकका साथ सातौं स्थानमा छ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै