News
प्रथम भलवारी सिटी यु–१६ फुटसल हुने
तिलोत्तमा । लियो क्लब अफ भलवारी सिटी, तिलोत्तमा, रुपनदेहीको आयोजनामा आगामी असोज १२ र १३ गतेका दिन प्रथम भलवारी सिटी यु–१६ फुटसल प्रतियोगिता हुने भएको छ ।
भलवारी स्थित सनराईज फुटसलमा हुने प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि असोज १० गतेसम्म टिमदर्ता खुला गरिएको छ । र टिमदर्ता शुल्क २००० तोकिएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ हजार हात पार्नेछ भने उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि