तिलोत्तमा । साविक विजेता तथा आयोजक लिस्नु युवा क्लबलाई निुराश तुल्याउँदै कपिलवस्तु–११ यहाँ जारी २१औं लिस्नु कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार सम्पन्न दोस्रो क्वाटरफाइनलमा कपिलवस्तुले लिस्नुमाथि ४–० को प्रभावशाली जित हात पार्यो । कपिलवस्तुको जितमा आशिष पुन, सन्दिप थारु, विश्वास थापा र गोविन्द पालुङ्गेले गरे ।
खेलमा लिस्नुका रणदिप पौडेलले सोझै रातो कार्ड खाँदै मैदान छाड्दा घरेलु टोली थप दबाबमा परेको थियो । जसको फाईदा कपिलवस्तुले उठायो र उत्कृष्ट जित पक्का गर्यो । खेलमा कपिलवस्तुका अरुण चौधरी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ३५०० र ट्रफी हात पारे ।
प्रतियोगिता अन्तरगत भदौ २९ गते शुक्रबारको तेस्रो क्वाटरफाइनल खेल पूर्व विजेता वालिङ युनाइटेड र देवदह ब्वाईज बीच हुने खेल संयोजक नेम गुरुङले जानकारी दिए ।
स्व. जमान सिंह गुरुङको स्मृतिमा छोरा विजय गुरुङ, छोरीहरु टिकमाया गुरुङ, तनुजा गुरुङ र स–परिवारको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५५ हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष तिर्थराज मल्लले जानकारी दिए ।
त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई पनि नगद २५–२५ हजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल असोज ५ गतेका दिन हुनेछ ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने