News
दोस्रो कोहलपुर गोल्डकपका लागि एन्फाको स्वीकृति (पत्रसहित)
काठमाडौं । कोहलपुर रेसिङ्ग सहारा क्लब, बाँकेको आयोजनामा हुने दोस्रो कोहलपुर गोल्डकप नकआउट फुटबल प्रतियोगितालाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्वीकृतिसँगै आयोजना मिति तोकेको छ ।
एन्फाले दोस्रो कोहलपुर गोल्डकप आयोजनाका लागि आयोजकलाई असोज २६ गतेदेखि मिति उपलब्धतासँगै स्वीकृति दिएको हो । साथै एन्फाले प्रतियोगिता सञ्चालनका लागि प्राविधिक जनशक्ति एन्फाबाट मनोनयन गराई सञ्चालन गर्न समेत पत्रमा उल्लेख गरेको छ ।
त्यस्तै प्रतियोगिता नियमावली र खेलतालिका १५ दिन अघि एन्फामा पेश गर्नुपर्ने बताइएको छ । साथै प्रतियोगिता सम्पन्न भएको सात दिनभित्र प्रतिवेदन बुझाउन पनि एन्फाले आयोजकलाई निर्देशन दिएको छ ।

Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)