News
प्रथम एमएनआरसी खुला फुटसल हुने, विजेताले २ लाख पाउने
काठमाडौं । मत्स्य नारायण रिक्रिएशन सेन्टर प्रा.लि., चन्द्रागिरीको आयोजनामा असोज १८ देखि २० गतेसम्म प्रथम एमएनआरसी सेभेन ए साईड खुला फुटसल प्रतियोगिता हुने भएको छ ।
चन्द्रागिरी–९, माछेगाउँ स्थित आयोजकको आफ्नै फुटसल मैदानमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । टिमदर्ता शुल्क ९ हजार तोकिएको छ भने टिमदर्ता गर्ने अन्तिम मिति असोज १५ गतेसम्म रहेको आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुले पनि जनही ७५०० सहित ट्रफी हात पार्ने आयोजकले जनाएको छ ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि