काठमाडौँ । प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा आयोजक वडा नं २३ ले विजयी सुरुआत गरेको छ । काठमाडौँ महानगरपालिकाका वडाहरु बीच लैनचौर फुटसल मैदानमा शुरु प्रतियोगिताको उद्घाटन खेलमा वडा नं २३ ले काठमाडौँ महानगरपालिकालाई ५–३ गोलले पराजित गर्यो ।
विशाल श्रेष्ठको ह्याट्रिकले वडा २३ को जित सम्भव भएको हो । विजयी टिमका लागि सिरिस महर्जन र सुमिन मानन्धरले पनि गोल गरे । काठमाडौँ महानगरपालिकाका विनय शाक्य र गौरवले गोल गरे ।
पहिलो दिन भएको अन्य खेलमा वडा नं १४ ले वडा नं ३० लाई ३–१ र वडा नं २२ ले वडा नं १६ लाई ३–० ले हराए । वडा नं २२ का लागि सुशील खड्गीले ह्याट्रिक गरे । पहिलो दिन विजयी तीनै टिम प्रिक्वाटरफाइनलमा पुगेका छन् ।
बुधबार वडा नं ५ ले वडा २६, वडा २८ ले वडा २४, वडा २१ ले वडा १३ र वडा १२ ले वडा १८ सँग खेल्नेछन् । यसअघि काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले प्रतियोगिताको उद्घाटन गरेका थिए ।
असोज ३ गतेसम्म हुने प्रतियोगितामा काठमाडौँ महानगरपालिका केन्द्रसहित ३० वडाको सहभागिता रहेको छ । नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै