News
नेपालको २५ सदस्यीय यु–१९ टोली घोषणा
काठमाडौं । साफ यु–१९ च्याम्पियनसिप खेल्ने तयारीमा रहेको नेपालले त्यसैका लागि २५ सदस्यीय यु–१९ टोली घोषणा गरेको छ । मंगलबार मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले नेपाली यु–१९ टोलीको २५ सदस्यीय नामावली घोषणा गरेका हुन् ।
स्मरण रहोस, यही सेप्टेम्बर २१ देखि ३० तारीखसम्म दशरथ रंगशालामा हुन गईरहेको साफ यु–१९ च्याम्पियनसिपतर्फ नेपाल समूह ए मा परेको छ । जहाँ नेपालले माल्दिभ्स र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै समूह बी मा भारत, भुटान र बंगलादेश रहेका छन् ।
नेपालको २५ सदस्यीय टोली
गोलकिपर्सः जियारथ शेख, रुबिन बोगटी, अमित टमाटा
डिफेन्डर्सः सिमान्त थापा, बिशाल नेपाली, बिक्रम तामाङ, आयुष तिम्सिना, आश्विन घोरासैनी, दिपक थापा मगर, निनसाङ परङदेन (लिम्बु), निशान्त तामाङ, गौरव महर्जन
मिडफिल्डर्सः कुशल देउबा, लक्षु थापा, प्रशान्त लक्षम, अविनाश स्याङ्तन, अनिल भोम्जन, धन सिंह बिक, हरिष राज भट्ट, निरज कार्की, नेल्सन तामाङ
फरवार्डसः समिर तामाङ, निराजन धामी, सुजन डंगोल, सिद्धार्थ अधिकारी
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)