काठमाडौं । फिफा विन्डोतर्फ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्न म्यानमार पुगेको नेपाली राष्ट्रिय फुटबल टोलीले सोमबार घरेलु टोली विरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा झिनो अन्तरको हार बेहोरेको छ ।
सोमबार यांगोन स्थित थुवुन्ना स्टेडियममा भएको खेलमा नेपालले म्यानमारसँग शून्यका विरुद्ध १ गोलको हार बेहोरेको हो । खेलको अन्तिमतिर ८६औं मिनटमा विन नैङ तुनले गरेको एक मात्र गोल टोलीलाई जित दिलाउन निर्णायक गोल बन्यो ।
स्मरण रहोस, नेपालले म्यानमारसँगै खेलेको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच गोलरहित बराबरीमा टुंगिएको थियो ।
अबको तयारी विश्वकप र एसियन कप छनौट
म्यानमारबाट फर्केपछि अब नेपाली टोलीको ध्यान फिफा विश्वकप र एएफसी एसियन कपको पहिलो चरणको छनौट खेलतर्फ मोडिनेछ ।
नेपालले अक्टुबर १२ र १७ तारीखका दिन होम एण्ड अवेका आधारमा लाओससँग विश्वकप र एसियन कपको पहिलो चरणको छनौट खेल खेल्ने कार्यक्रम छ । नेपाली टोली अब त्यसकै तयारीमा जुट्नेछ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)